बीपी राजमार्गबाहेक अन्य सबै राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको तयारी

  • २०८१ आश्विन १८, शुक्रबार (१९ घण्टा अघि)
  • ४३ पटक पढिएको
बीपी राजमार्गबाहेक अन्य सबै राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

Advertisement

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग आउँदो सोमवारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने उनको भनाइ छ ।

सचिव शर्माका अनुसार बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको जानकारी दिए । अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको उनको भनाइ छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट