विपद्मा ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख सहयोग

विपद्मा ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख सहयोग

काठमाडौं- अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको जिल्ला प्रशासन कार्यालय धादिङको टोली शुक्रबार मृतकको घरमा पुगेर तथा पालिकाको रोहवरमा राहत रकम वितरण गरेको हो ।

Advertisement

धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङको परिवारलाई २ लाखको दरले राहत रकम वितरण गरिएको छ । माछा मार्न गएको बेला ताल्ति खोलामा पहिरोले पुरिएर उनीहरुको ज्यान गएको थियो । शुक्रबार उनीहरुको परिवारलाई राहत रकम वितरण गरिएको हो ।

त्यस्तै, थाक्रे गाउँपालिका– ६ का कान्छाराईको परिवारलाई पनि घरमै पुगेर राहत रकम प्रदान गरिएको छ । घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर राईको मृत्यु भएको थियो ।

मृतकका परिवारलाई राहत स्वरुप २/२ लाखका दरले रकम प्रदान गरिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । ‘नेपाल सरकारले तय गरेको स्वीकृत मापदण्डको आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको हो’ उनले भने– ‘राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौं । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मल्हमको काम गर्ने अपेक्षा गरेका छौं ।’

त्यस्तै, खोलाले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको उनले बताए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकोले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट