अनाथ बालबालिकालाई दशैं मनाउन राधाकृष्ण भण्डारीले दिए खसी उपहार

  • २०८१ आश्विन १९, शनिबार (१ हप्ता अघि)
  • ३०७ पटक पढिएको
अनाथ बालबालिकालाई दशैं मनाउन राधाकृष्ण भण्डारीले दिए खसी उपहार

धादिङ– धादिङका युवा नेता राधाकृष्ण भण्डारी (राधे)ले अनाथ बालबालिकाहरुलाई खसी उपहार दिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णमा रहेको सँयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अनाथ तथा असहाय बालबालिकालाई दशैं मनाउनका लागि खसी उपहार दिएका हुन् ।

Advertisement

भण्डारीले विगत ५ वर्षदेखि सँयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका बालबालिकालाई दशै मनाउन खसी उपहार दिदै आएका छन् । यस वर्ष पनि ति अनाथ बालबालिका आफ्नो कोहि छैन भन्ने हिनताबोध नरोस् र खुषीले दशैँ मनाउन् भनेर खसी उपहार दिएको उनले बताए ।

‘म यस सँयुक्त अपाङ्ग एकता आवाज केन्द्रको सल्लाहकार पनि हुँ । जे चिज पनि शुरुवात गर्न भन्दा दिगो बनाउन चुनौती रहेछ । केन्द्रलाई व्यवस्थित गर्न हामी सबै लागेका छौं’ उनले भने ‘मैले हरेक वर्षको दशैंमा उपहार स्वरुप खसी दिदै आएको छु । विशेष कारणवश म उपस्थित हुन नसकेपनि भाई अनमोलको साथमा ४५ केजीको खसी उपहार पठाएको छु । मेरो यो सानो सहयोगले ति अनाथ तथा असहाय बालबालिकाको मुहारमा दशैंको खुषी छाउने विश्वास गरेको छु ।’

‘आफ्नो सुख दुख सबैमा छ, तर अभावको भूमरीमा रहेकालाई सहयोग गर्न पाउदा मन निकै आनन्द हुने रहेछ । हामी सबैले सक्ने सहयोग गरे यस्ता समस्यामा परेकाहरुलाई दुःखको घाउमा मल्हम बन्न सक्छ । यस्ता सामाजिक कार्य र सहयोग भावी दिनमा पनि निरन्तर रहनेछ । अरुलाई पनि सहयोग गर्न आग्रह गर्दछु’ उनले भने ।

भण्डारी धादिङका युवा नेता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । राजनितिमा भविष्य खोज्दै गरेका भण्डारीले पछिल्लो समय सामाजिक कार्यमा झुकाव राख्दै आएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट