श्रोत परिचालन सहकारीको नाफा सवा १ करोड

  • नेपाल पथ
  • २०८१ आश्विन २२, मंगलबार (१ हप्ता अघि)
  • १२६ पटक पढिएको
श्रोत परिचालन सहकारीको नाफा सवा १ करोड

काठमाडौं- श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)ले आर्थिक वर्ष २०८०/०८१ मा करिव सवाँ करोड नाफा कमाएको छ । सहकारीले गत वर्ष १ करोड २६ लाख भन्दा बढी नाफा कमाउन सफल हो ।

Advertisement

उक्त नाफाबाट शेयर सदस्यहरुलाई ७ प्रतिशत लाभांश दिने निर्णय गरिएको महासचिव नवराज पाठकले बताए । संरक्षित पुँजी फिर्ता कोष मार्फत बचत तर्फ २.७८ प्रतिशत र ऋण तर्फबाट २.९५ प्रतिशत रकम सदस्यहरुलाई फिर्ता गर्ने उनले बताए ।

श्रोत साकोसले यस पटकदेखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (NFRS) प्रणालीबाट बाह्य लेखापरीक्षण गराई आर्थिक प्रतिवेदन तयार गरेको छ । साकोसले अघिल्लो आर्थिक वर्षको तुलनामा २३ं.३ प्रतिशत रकम बचत संकलनमा वृद्धि गर्न सफल भएको छ । एक सदस्यको ब्यवसायलाई अधिकतम ५० लाख रुपैयासम्म लगानी गर्ने गरेको साकोसले अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १४.९ प्रतिशत वृद्धि गर्न सफल भएको छ ।

श्रोत साकोसमा ७ हजार ५ सय ९७ जना सक्रिय सदस्य रहेका छन् । त्यस्तै बालबचततर्फ १ हजार ९ सय ३८ जना रहेका छन् । कुल ६ करोड ८७ लाख १२ हजार ४ सय रुपैया सदस्यको शेयर पुँजी रहेको साकोसमा कुल ६४ करोड ८४ लाख ३९ हजार ५ सय ३० रुपैया बराबरको सम्पत्ति रहेको छ । अघिल्लो वर्षको तुलनामा १९.८१ प्रतिशतले सम्पत्तिमा वृद्धि भएको हो । कुल सम्पतीको ८.२४ प्रतिशत संस्थागत पुँजीकोष रहेको छ ।

सहकारीको ऋण जोखिम कोषमा आवश्यक पर्ने शतप्रतिशत जोखिम रकम रहेको सहकारीले जनाएको छ । कोषमा २ करोड ६६ लाख ४४ हजार २ सय १६ रुपैया रहेको छ ।

साकोस को २७औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न हो । असोज १६ गतेदेखि सुरु भएको एकाइगत साधारणसभा असोज २१ गते एकाइ प्रतिनिधिहरुको भेलाले अन्तिम निर्णय पुस्तिका प्रमाणित गरी सम्पन्न गरेको हो । साधारण सभाले सञ्चालक समितिको तर्फबाट महासचिव नवराज पाठकले पेश गरेको निति तथा कार्यक्रम, कोषाध्यक्ष नविनकुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१/०८२ को अनुमानित बजेट लगायत विभिन्न उपसमितिका प्रतिवेदनहरु पारित गरेको थियो ।

सहकारीले गत आर्थिक वर्षमा सहकारी शिक्षा कार्यक्रमबाट १ हजार ४ सय ६६ जना शेयर सदस्यहरु लाभान्वित बनेका छन् । बचत तथा ऋणको कारोवारहरु नियमित रुपमा गरेका १ सय ८१ जना शेयर सदस्यहरुलाई विभिन्न विधामा साधारण सभाको अवसरमा पुरस्कृत गरिएको छ । सोही अवसरमा रक्तदान कार्यक्रम र संस्थाको वर्ष कर्मचारीको रुपमा कार्यालय सहयोगी शुसिला थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

असोज १६ गते सल्यानटार सदस्य सेवा केन्द्र, १७ गते नीलकण्ठ बालमन्दिर मावि, १८ गते कैलाश सदस्य सेवा केन्द्र र १९ गते न्यु किवो बोर्डिङ स्कुलमा एकाइगत साधारण सभा गरी प्रतिनिधि छनौट मार्फत सोमबार एकाई प्रतिनिधिहरुको अन्तिम भेलाबाट साधारण सभा सम्पन गरिएको हो ।

साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीले सबैको साथ र सहयोगले सहकारीले सफलताको बाटो अंगालेको बताए । ‘सेयर सदस्यहरुको सुखदुखको सारथी बन्ने गरी काम गर्छाैं । जुन खालको विश्वासल लिएर सहकारीमा आउनुभएको छ । उहाँको विश्वास र भावनाको कदर गरी सहकारीलाई थप परिस्कृत बनाउदै लैजाने छौ’ उनले भने ।

त्यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाले सहकारीले मानिसहरुलाई बचत गर्ने बानीको विकास गरेको बताए । ‘यो मन्दीको समयमा पनि आफुले कमाएको केही हिस्सा बचत गरौं भन्ने बानी बसेको छ । आजको बचत भविष्यमा आइपर्न सक्ने दुखमा काम लाग्छ‘ उनले भने– ‘केही सहकारीका कारण सहकारीप्रति मानिसहरुको वितिष्णा त छन् । तर सबै सहकारी नराम्रा छन् भन्ने होइन, श्रोत परिचालनले देखाएको सक्रियता र गरेका काम प्रशंसा योग्य छ । ’

नीलकण्ठ नगरपालिका–३ धादिङवेशीमा प्रधान कार्यालय रहेको सहकारीको हाल गल्छी गाउँपालिका-७ र त्रिपुरासुन्दरी गाउँपालिका-२ मा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट