उदयपुरमा श्रीमतीको टाउको काटी बोक्दै गरेका श्रीमान पक्राउ

  • २०८१ आश्विन २२, मंगलबार (५ महिना अघि)
  • २८६ पटक पढिएको
उदयपुरमा श्रीमतीको टाउको काटी बोक्दै गरेका श्रीमान पक्राउ

काठमाडौं– श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ पक्राउ परेका हुन् ।

Advertisement

सामान्य विवादमा नै तामाङले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी काटी टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

ताप्ली गाउँपालिका-४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका-६ जलजलेस्थित वडा कार्यालय नजिकै कोठा भाडामा लिई चिया पसल चलाउदै आएका थिए।

प्रहरीले रगताम्य अवस्थामा फेला पारेको तामाङलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट