१४ वर्षीया बालिकाको हत्या: अभियुक्त सार्वजनिक

  • २०८१ आश्विन २८, सोमबार (४ दिन अघि)
  • ६७ पटक पढिएको
१४ वर्षीया बालिकाको हत्या: अभियुक्त सार्वजनिक

काठमाडौं– डडेल्धुराको पोखरामा १४ वर्षीया बालिकाको हत्याको आरोपमा स्थानीय एक जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ।

Advertisement

डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिया आरती भट्टराई मृत भेटिएकी थिइन् । आरतीको हत्या गरेको आरोपमा पक्राउ परेका स्थानीय स्टेशनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको हो।

अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् । बालिकाको शवको पोस्टमार्टम रिपोर्ट नआएकोले अहिले भन्न नसकिने प्रहरीले जनाएको छ।

जवरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने प्रहरीको अनुमान छ। तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन प्रहरीले जानकारी दिए ।

किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिल गएकी थिइन्। पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट