तास खेल्ने १२ जना पक्राउ, ५ लाख बरामत

  • २०८१ आश्विन २९, मंगलबार (५ महिना अघि)
  • १८३ पटक पढिएको
तास खेल्ने १२ जना पक्राउ, ५ लाख बरामत

काठमाडौं– प्रहरीले छापा मारेर झापाका एक होटेलबाट नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

Advertisement

तास खेल्दै गरेको जानकारी पाएपछि प्रहरी टोलीले गएराति साढे ८ बजेतिर शिवसताक्षी नगरपालिका–९ दुधेस्थित सगरमाथा होटेलमा छापा मारेको हो ।

घरको तेस्रो तलामा प्रहरीले छापा मारेर तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको हो । त्यसैगरी, नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट