काठमाडौं– चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ६३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौमा एक खर्ब २६ अर्ब २१ करोड र साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको हो । गएको वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।
चाडपर्वका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष विदेश जानेको संख्यामा पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप