डडेल्धुरामा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु

  • २०८१ आश्विन ३०, बुधबार (१ दिन अघि)
  • ६९ पटक पढिएको
डडेल्धुरामा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु

काठमाडौं– डडेल्धुरामा बस दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा परि बैतडीको पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु , २२ वर्षीय सहदेव बोहरा, २१ वर्षीया कमला बोहरा र बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ। स्थानीय सर्वसधारण र प्रहरीको टोलीले खोजी तथा उद्दार गरिरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट