नेप्से दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार

  • २०८१ आश्विन ३०, बुधबार (१ दिन अघि)
  • ६६ पटक पढिएको
नेप्से दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौं– सेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दसैं बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो तीन अर्ब ६ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका एक करोड ३२ लाख कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट