वीपी राजमार्ग अबदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने

  • २०८१ आश्विन ३०, बुधबार (१ दिन अघि)
  • ७४ पटक पढिएको
वीपी राजमार्ग अबदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने

काठमाडौं–वीपी राजमार्गमा अबदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।

Advertisement

असोज १० देखि १२ गतेसम्म परेको पानीले सडकमा क्षति पु¥याएको थियो । उक्त सडकखण्डमा नयाँ ट्र्याक खोलेर साना सवारी साधन सञ्चालन गरिए पनि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन खाल्टेले बुधबार सूचना निकालेर साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने उल्लेख गरेको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट