रोजगारीमा अस्ट्रेलिया जानेले ५०० डलर साट्न पाउने

  • २०८१ कार्तिक १, बिहिबार (१ दिन अघि)
  • ४८ पटक पढिएको
रोजगारीमा अस्ट्रेलिया जानेले ५०० डलर साट्न पाउने

काठमाडौं- अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले ५ सय अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् । युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका हुन् ।

Advertisement

हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् ।

अन्य देश रोजगारीमा जानेले भने २ सय डलरसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन् । अमेरिका, युरोप र जापानमा जस्तै अस्ट्रेलियामा पनि ‘लिभिङ कस्ट’ उच्च भएकाले सटही सुविधा बढाइएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।

यस्तै अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने भएको छ । अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उदेश्य के हो भन्ने खुलाउनुपर्ने छ ।

त्यसका लागि व्यावसायिक/औपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने छ ।

विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा पनि बढेको छ ।

हाल नेपालीले १० हजार अमेरिकी डलरसम्म यस्तो सुविधा पाउँदै आएकोमा अब १५ हजार डलरसम्म पाउने भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट