धादिङमा एक वृद्धा मृत फेला

धादिङमा एक वृद्धा मृत फेला

काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुरभञ्ज्याङ्गस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएका छन् ।

Advertisement

८६ बर्षिया सुन्तली घलेलाई गत राती घर नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

उनका अनुसार घर भन्दा करिब ५०/६० मिटर पर मृत अवस्थामा भेटिएको हो । मृतकको शरिरमा चोट पटक लागेकाले हत्या गरिएको हुन सक्ने आशंका गरिएको उनले बताए ।

उक्त घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले नीलकण्ठ नगरपालिका–८ ससाह नजिकैबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको उनले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट