|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
काठमाडौँ- सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ वटा स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सङ्कटग्रस्त घोषणा गरिएका २० जिल्लाका ७१ वटा स्थानीय तहलाई क्षतिको आँकलन अनुरुप राहत रकम वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले स्थानीय तहलाई क्षति भएको आधारमा तीन क्षेत्रमा वर्गीकरण गरिएको बताए । जस अनुसार बढी क्षतिग्रस्त ९ स्थानीय तहलाई एक करोडका दरले, दोस्रो तहका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो तहमा वर्गीकरण भएका ५० स्थानीय तहलाई ५० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप