धादिङको खाल्टेमा श्रीमद् भागवत सप्ताह, शैक्षिक तथा धार्मिक महोत्सव हुने

  • २०८१ कार्तिक १, बिहिबार (१६ घण्टा अघि)
  • १४२ पटक पढिएको
धादिङको खाल्टेमा श्रीमद् भागवत सप्ताह, शैक्षिक तथा धार्मिक महोत्सव हुने

धादिङ–धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ एवम् शैक्षिक तथा धार्मिक महामहोत्सव हुने भएको छ । खाल्टे देउरालीमा अवस्थित श्री मनकामना देवी आधारभूत विद्यालयमा प्राविधिक शिक्षालयको स्थापना एवम् शैक्षिक उन्नयन गर्ने उद्देश्यले यहि कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म महोत्सवको आयोजना गरिएको भागवत संयोजक कपिल भट्टले जानकारी दिए ।

Advertisement

महोत्सवबाट विद्यालयमा गुणस्तरिय शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । ‘पण्डित श्री विजय सिग्देलको मुखारविन्दुबाट कथा वाचन हुनेछ । हामीले अहिलेदेखि नै प्रचारप्रसार गरिरहेका छौं । विगतका अनुभवले पनि भक्तजनको राम्रो उपस्थिति हुने र यो धार्मिक तथा सामाजिक कार्यमा सबैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट