एम्बुलेन्समा तस्करी गर्ने ३ जना पक्राउ

  • २०८१ कार्तिक १, बिहिबार (१५ घण्टा अघि)
  • ५८ पटक पढिएको
एम्बुलेन्समा तस्करी गर्ने ३ जना पक्राउ

काठमाडौं– भारतको सोनवर्षाबाट एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक सामग्री पटका र अवैध किरानाका समानसहित ३ जनालाई पक्राउ गरिएको छ। सीमा नजिकैबाट जिल्ला भन्सार कार्यालय मलङ्गवा र प्रस्तावित सुरक्षा गुल्म मलङ्गवाको संयुक्त टोलीले अवैध समानसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।

Advertisement

नेपाल परिवार नियोजन संघ सर्लाही शाखा मलङ्गवा लेखिएको को१च ५८९६ नम्बरको एम्बुलेन्समा समान ल्याउँदै गरेको अवस्थामा सामानसहित ३ जना पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा एम्बुलेन्स चालक हरिवन नगरपालिका ११ का ३६ वर्षीय विक्रम आचार्य, पटका मालिक सोही स्थानका ३६ वर्षीय मनोज रजक र किराना समानका मालिक ४३ वर्षीय छोटेलाल दास रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरूमा १४ प्रकारका पटका र ३४ प्रकारका किरानाका समान रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्सको सिटमुनी पटका र त्यसमाथि किरानाका समान ल्याउँदै गरेको अवस्थामा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट