पूर्व जाने बाटो बगरै बगरको कष्टकर यात्रा

  • नेपाल पथ
  • २०८१ कार्तिक २, शुक्रबार (५ घण्टा अघि)
  • ६६ पटक पढिएको
पूर्व जाने बाटो बगरै बगरको कष्टकर यात्रा

काठमाडौं– उच्च सवारी चाप, नयाँ सडक ट्र्याक, बगरै बगरको कष्टपूर्ण यात्रा । काम चलाउको बीपी राजमार्गमा पूर्व जानेहरुको पीडा भनिसाध्य छैन । चालक तथा यात्रुहरु भन्छन्– ‘गन्तव्य पुग्न ठूलै युद्ध जित्नु पर्छ ।’

Advertisement

रोशी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि हाल नयाँ ट्र्याक खोलेर दशैं टिकाको अघिल्लो दिनदेखि यात्रुहरुलाई गन्तव्य पुर्याउने काम भइ रहेको छ । तर यात्रुलाई बीपी राजमार्गको यात्रा गर्न युद्धमा होमिए सरह बनेको छ ।

बाढीबाट नेपालथोकदेखि चौकीडाँडासम्मको सडक खण्डमा ठूलो क्षति पुगेको थियो । १४ दिनसम्म त यो सडक बन्द रह्यो । तर स्थानीय सरकार, सडक विभाग, सुरक्षाकर्मी र स्थानीय मिलेर दशैंको अघिल्लो दिन (२५ असोज) देखि अवरुद्ध सडक खण्ड सुचारु गर्न सफल भए ।

रोशी सहित अरु स–साना खोलाको पानीले सवारी सञ्चालनमा समस्या आइरहेको छ । सडकहरुको विभिन्न खण्डमा नेपाल प्रहरीको सहयोगमा ट्राफिक व्यवस्थापन गरिएको छ । यसले केहीहदसम्म यात्रुहरुलाई थप सहजता थपेको छ ।

‘यात्रा गर्न निकै कठिन छ । ज्यानकै बाजी राखेर हिड्नु पर्ने अवस्था छ । बाढीले बगाएको सडकको विकल्पमा खनियका सडक र बनाइएका नयाँ ट्र्याकका कारण भए पनि यात्रा गर्न पाएका छौं । यसमा सम्वद्ध सरोकारवाला तथा सबैलाई हामी चालक र यात्रुको तर्फबाट धन्यवाद छ’ एक चालकले भने ।

‘गन्तव्य पुग्न ठूलै युद्ध जिते बराबर रहेको यात्रुहरु बताउछन् । कतिपय ठाउँमा त मुटु छाम्नु पर्ने अवस्थाका बाटाहरु छन् । सवारीको उच्च चाप र यस्तो बाटो दुःखको कुरै नगरौं । तत्काल खुल्ला भन्ने सोचेकै थिएनौं । धन्न यतिको अवस्थामा भएपनि आवतजावत गर्न पाइयो’ एक यात्रुले आफ्नो अनुभव सुनाए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट