भुटानसँगको खेलमा नेपालको यस्तो छ रणनिति

  • २०८१ कार्तिक २, शुक्रबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
भुटानसँगको खेलमा नेपालको यस्तो छ रणनिति

काठमाडौं- साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानको खेलमा नेपालले केही रणनिति परिवर्तन गरेको छ ।

Advertisement

प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय महिला लिगमा ९ खेलमा १८ गोल गरेकी रश्मीकुमारी घिसिङलाई अग्रपंतीको जिम्मेवारी दिएका छन् । रश्मीलाई सविता राना मगर र अमिषा कार्कीले साथ दिएका छन् ।

युएईको अबुधावी काउन्ट्रीमा अनुबन्ध भएकी रेखा पौडेल भने बेन्चमा छिन् । उनी शुक्रबार मात्रै टोलीसँग जोडिएकी हुन् । सावित्रा भण्डारी भने उपलब्ध हुने छैनन् । उनी दोस्रो खेलमा टोलीसँग जोडिने छिन् ।

प्रशिक्षक तामाङले कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई गोलपोष्टको जिम्मेवारी दिएका छन् । रक्षकमा गीता राना, पुजा राना, अमृता जैशी र हिराकुमारी भुजेल छन् । मिडफिल्डरमा पूर्व कप्तान रेनुका नगरकोटीसँगै सरु लिम्बु र प्रीति राई छिन् ।

पाँच पटक फाइनलमा पुगेर उपाधि चुम्न नसकेको नेपाल यसपटक घरमै उपाधि हात पार्ने मौका पर्खेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट