रास्वपा सभापति लामिछाने लेख्छन्ः ‘सरकार मर्याे, हामीलाई जुठो पर्याे’

  • २०८१ कार्तिक २, शुक्रबार (३ घण्टा अघि)
  • ६० पटक पढिएको
रास्वपा सभापति लामिछाने लेख्छन्ः ‘सरकार मर्याे, हामीलाई जुठो पर्याे’

काठमाडौं– प्रहरीले सहकारी ठगीमा पक्राउको अनुमति लिएपछि रास्वपाका सभापति रवि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेर सरकारको आलोचना गरेका छन्। उनले सरकार मर्याे, हामीलाई जुठो पर्याे’ भन्दै स्टाटस राखेका छन् ।

उनको स्टाटस जस्ताको तस्तै

Advertisement

सरकार मर्याे, हामीलाई जुठो पर्याे!!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ??

तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ।

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?
तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?

यति गरेपछी भाटभटिनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए । तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो ।

वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईहरुका दलका नेता, कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोहि जेलमा छन्, कोहि फरार छन् । तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईहरुबाट पीडितले न्याय पाउदैनन् । त्यसैले, अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ ।

ठिक छ, म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पु¥याएको यो देशले चाडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।

अहिलेलाई सरकार मर्याे, हामीलाई जुठो पर्याे । तर मलाई न्यायलयप्रति आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट