नेपाललाई भुटानले गोलरहित बराबरीमा रोक्यो

  • २०८१ कार्तिक २, शुक्रबार (२ घण्टा अघि)
  • ५० पटक पढिएको
नेपाललाई भुटानले गोलरहित बराबरीमा रोक्यो

काठमाडौं– नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

Advertisement

साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो । नेपालकी सावित्रा भण्डारी साम्बा नहुँदा नेपालले गोल गर्न सकेन ।
युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियनसिप खेलेर आएकी रेखा पौंडेल दोस्रो हाफमा मैदान प्रवेश गरिन् । तर उनले पनि गोल गर्न सकिनन् ।
नेपालले पहिलो हाफमा गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ चुस्त हुन सकेन । नेपालले लगातार भुटानमाथि आक्रमण गरेपनि गोल गर्न सकेन ।

बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट