लाइसेन्स कार्ड बोक्ने झन्झट हट्यो

  • २०८१ कार्तिक ३, शनिबार (१ महिना अघि)
  • १४२ पटक पढिएको
लाइसेन्स कार्ड बोक्ने झन्झट हट्यो

काठमाडौं– सवारी चालक अनुमति लाइसेन्स कार्ड बोकिराख्नु पर्ने झन्झट हटेको छ । ट्रायल पास गरेका सवारी चालकको सरकारले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने व्यवस्था गरेसँगै लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको हो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने जानकारी गराएका छन् ।

सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । डिजिटल पेमेन्ट गर्ने व्यवस्थाले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको भन्दै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट पनि हटेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भोलि आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा डिजिटल पेमेन्टको व्यवस्था सुरु हुने बताएका छन् ।

नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी भएको उनले बताए । ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको छ । नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ’ उनले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट