काठमाडौं– मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।
ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए ।
राति सकुशल सुतेका उनी बिहान मृत भेटिएपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको प्रहरी निरीक्षक केसीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप