काठमाडौं– आज सेयर बजार नेप्से परिसूचक ४७ दशलमव ४४ अंकले घटेर २ हजार ६ सय ९७ विन्दुमा कायम भएको छ ।
आज १८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको कारोबार भएको छ ।
कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप