काठमाडौं– सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको मूल्यमा कीर्तिमान बनेको थियो । दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन एक हजार चार सयले बढेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता बढिरहेको हो । सुनको मूल्य सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले मूल्य बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप