काठमाडौं– अविरल वर्षाका कारण बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज राखिएपछि पुनः सञ्चालनमा आएको छ ।
सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान समेत गरेका छन् । १२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान गरेका कारण सो टोलीलाई सम्मान गरेका हुन् ।
मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमनका लागि पुगेका थिए । निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप