काठमाडौं– डँडेलधुरामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुरालाई जानकारी दिएको छ ।
प्रहरीका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की गोवणी महर, पुर्चौँडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बसमा १७ जना रहेकोमा चालक बैतडीको पुर्चौडि नगरपालिका–८ का २४ वर्षिय बिरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् । उनीहरु सबैको धनगढीमा उपचार भइरहेको छ । रात्रि बस भएकोले चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप