काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज फेरी गिरावट आएको छ ।
आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ ।
आज फाइनान्स र व्यापार बाहेक सबै समूह घटेका छन् ।
नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप