काठमाडौं– सप्तरीको राजविराजमा एक रेस्टुरेन्ट सञ्चालक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
रेस्टुरेन्टमा काम गर्न राखेको महिलालाई बलात्कार गरी भिडियो बनाएर धम्क्याएको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसािर राजविराज नगरपालिका– ४ स्थित ‘तन्दुरी रेष्टुरेन्ट’का संचालक २८ वर्षीय आकाश साह पक्राउ परेका हुन् । आफ्नै रेस्टुरेन्टमा काम गर्ने महिलालाई बालात्कार गरी भिडियो बनाएर सोही भिडियो देखाउँदै पटकपटक यौन हिंसा गरेको अभियोग रहेको प्रहरीले जनाएको छ । विरामी भएर आफ्नै कोठामा आराम गरिरहेकी महिलालाई साहले मुख थुनेर बलात्कार गरी भिडियो बनाएका थिए । सोहि भिडियो देखाएरु धम्काउदै बलात्कार गरिरहेको बताइएको छ ।
पीडित महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले युवकलाई उनको घर राजविराज–६ थानगाछीबाटै पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।