आईफोन निकाल्न खोज्दा ७ घण्टा चट्टानमा अड्किइन् एक युवती

  • २०८१ कार्तिक ७, बुधबार (१ महिना अघि)
  • १६० पटक पढिएको
आईफोन निकाल्न खोज्दा ७ घण्टा चट्टानमा अड्किइन् एक युवती

काठमाडौं– घुम्न गएको बेला चट्टानमा झरेको आईफोन निकाल्न खोज्दा फसेकी एक युवतीको सात घण्टापछि उद्धार गरिएको छ ।

Advertisement

अष्ट्रेलियाको सञ्चारमाध्यम एबीसी न्युक्यास्टलका अनुसार मटिल्डा क्याम्पबेल नामकी युवती झरेको फोन निकाल्न खोज्दा चट्टानमा फसेकी थिइन् । २३ वर्षीय ती युवती साथीहरूसँग घुम्न न्यु साउथ वेल्स हन्टर भ्यालीको चट्टानी भागमा पुगेकी थिइन् । त्यहाँ फोटो खिच्ने क्रममा उनको फोन चट्टानको चेपमा परेको बताइएको छ । फोन निकाल्न खोज्दा उनी चिप्लिएर दुई ठूला चट्टानको बीचमा अड्किएकी थिइन् ।

सार्वजनिक भएका फोटोमा दुई चट्टानको बीच भागमा उनका दुई खाली खुट्टा मात्र देख्न सकिन्छ । अर्थात् युवती उल्टोबाट झुण्डिएर त्यस चट्टानमा फसेकी थिइन् ।

उनलाई त्यहाँबाट उद्धार गर्न झन्डै सात घण्टा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । स्थानीय एनएसडब्लू एम्बुलेन्समा आएका उद्धारकर्मीले युवतीलाई सकुशल उद्धार गरेका हुन् ।

उद्धारकर्मीले युवतीलाई त्यहाँबाट निकाल्न झन्डै ५०० किलोका चट्टानलाई सावधानीपूर्वक हटाएका थिए । उनलाई ठूलो चोट नलागेको भए पनि शरीरका केही भाग कोतरिएको बताएको छ ।

महिलालाई उद्धार गर्न सफल भए पनि उनको फोन भने चट्टानमै अड्किएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट