विश्व पोलियो दिवसः ‘पोलियो अन्त्य गरौँ’

  • २०८१ कार्तिक ८, बिहिबार (३ हप्ता अघि)
  • १५८ पटक पढिएको
विश्व पोलियो दिवसः ‘पोलियो अन्त्य गरौँ’

काठमाडौँ– ‘पोलियो अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइएको छ ।

Advertisement

दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान् अभियानमा संलग्न हुन सबैमा अनुरोध समेत गरेका छन् । सन्देशमा पोलियो उन्मूलन गर्ने महान् अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एक÷एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले सुईबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक÷एक पटक लगाउनुपर्ने बबताए । ‘अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखा परि रहेका छन्, विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ’, उनले भने– ‘हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए÷नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।’

संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाइ रहेको छ । नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन उनले आग्रह गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट