श्रीलङ्कालाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

  • २०८१ कार्तिक ८, बिहिबार (१ महिना अघि)
  • १७४ पटक पढिएको
श्रीलङ्कालाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं– साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलङ्कालाई ६–० ले हराउँदै शानदार जित निकालेको छ । यो जितसँगै नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेसँगै नेपाल समूह विजेता बनेको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तीमा ६–० को जित चाहिएको थियो ।

आज भएको खेलमा रेखा पौडेलले २ गोल, सावित्रा भण्डारीले १ गोल, सविता रानामगरले १ गोल, अमिसा कार्कीले १ गोल र अतिरिक्त समयमा रश्मि कुमारी घिसिङले १ गोल गर्दै नेपाललाई ६–० कै जित हासिल गराउन सफल भएका छन् ।

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ । आइतबार नै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार सातौं पल्ट हो । नेपालले प्रतियोगिताका प्रत्येक संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ । समूह चरणका खेलको समाप्तिमा नेपाल र भुटान समान सात सात अंकमा रहे । गोल अन्तरको आधारमा नेपाल अगाडि रहेको हो । हारसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट