काठमाडौं– दाङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। राप्ती राजमार्गको तुलसीपुर कपुरकोट सडकखण्डको सात तलेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा दुर्घटनामा भएको हो। जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिपमा ५ जना सवार रहेको र अरु तीन जना पनि गम्भीर घाइते भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप