साफ महिला च्याम्पियनसिपः समिफाइनलमा आज नेपाल र भारत खेल्दै

  • २०८१ कार्तिक ११, आईतबार (१ महिना अघि)
  • ८७ पटक पढिएको
साफ महिला च्याम्पियनसिपः समिफाइनलमा आज नेपाल र भारत खेल्दै

काठमाडौं- साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा आज नेपाल भारतसँग खेल्दैछ । उपाधि चुम्ने दाउमा रहेको नेपालले पाँच पटकको विजेता भारतलाई स्तब्ध पार्न सके मात्रै फाइनलको यात्रा तय गर्नेछ ।

Advertisement

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ । नेपाल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुने खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छन् ।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । कुल १७ खेलमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको हो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ । नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ । पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् ।

#साफ_महिला _च्याम्पियनसिप

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट