काठमाडौं– साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो । विवादले दुई पटकसम्म रोकिएको खेल एक–एक बराबरीमा खेल सकिएको थियो । त्यसपछि पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो ।
फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ । विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो । नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो । सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो । यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप