तिहारलाई चाँदीका सिक्का बिक्री सुरु

  • २०८१ कार्तिक १२, सोमबार (१ महिना अघि)
  • १०० पटक पढिएको
तिहारलाई चाँदीका सिक्का बिक्री सुरु

काठमाडौं– नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु गरेको छ । आइतबारदेखि राष्ट्र बैंकको टक्सार महाशाखाले चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

Advertisement

चाँदिका सिक्काको मूल्य यस वर्ष वृद्धि भएको छ । सुनचाँदीको मूल्यमा पनि वृद्धि भएको कारण १० ग्राम, २५ ग्राम र ३५ ग्राम तौलमा निकालिएको सिक्काको मूल्य यस वर्ष वृद्धि गरिएको हो । बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको छ ।

आइतबारबाट चाँदीका सिक्का विक्रि सुरु गरिए पनि सुनका असर्फी भने कात्तिक १३ गते मात्रै बिक्री गरिने टक्सार महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट