सेयर बजार २७.४१ अंकले बढ्यो

  • २०८१ कार्तिक १२, सोमबार (३ हप्ता अघि)
  • ८२ पटक पढिएको
सेयर बजार २७.४१ अंकले बढ्यो

काठमाडौं– सेयर बजार नेप्से परिसूचक २७.४१ अंक बढेको छ । सबै सूचक बढेर सोमबार नेप्से २६४५ मा कायम भएको हो ।

Advertisement

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको कारोबार भएको छ ।

२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट