काठमाडौं– काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।
एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसअघि कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो । तर, जाँच गर्दा केहि फेला परेको थिएन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप