काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बस्न नसकेको जनाइएको छ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छन् ।
यस्तै आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा पनि छलफल हुने जनाइएको छ । निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगको गत कात्तिक ८ गते लाइन काटिदिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप