काठमाडौं– सिराहाको लहान नगरपालिका– ४ मण्डल टोलमा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ।
लहानस्थित मालपोत कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत करिब ४६ वर्षीय बद्रीनारायण ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा उनकी श्रीमती करिब ३१ वर्षीया मालती ठाकुरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ गरिएकी मालतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको छ।
ठाकुरको शव शनिबार राती आफ्नै घरको भर्याङमुनि भेटिएको स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा तत्काल घटनास्थलमा प्रहरी परिचालन गरी घटनास्थलको मुचुल्कालगायतका प्रकृया पूरा गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको खोजीका लागि आइतबार बिहान जनकपुरधामस्थित मधेश प्रहरी कार्यालयबाट ल्याइएको तालिम प्राप्त कुकुरको सहयोगमा मृतककी श्रीमतीलाई पक्राउ गरिएको हो।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप