नेप्से उच्च अङ्कले बढ्यो, ५ अर्बभन्दा बढीको कारोबार

  • २०८१ कार्तिक १३, मंगलबार (३ हप्ता अघि)
  • १०५ पटक पढिएको
नेप्से उच्च अङ्कले बढ्यो, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं– सेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको सेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता सेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट