नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट भोलि बिक्री हुँदै, अनलाइन भने किन्न नपाइने

  • २०८१ कार्तिक १३, मंगलबार (२ दिन अघि)
  • १२८ पटक पढिएको
नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट भोलि बिक्री हुँदै, अनलाइन भने किन्न नपाइने

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ ।
बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने एन्फाले जनाएको छ ।

Advertisement

एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गर्नेछ । जसमध्ये जावलाखेलबाट साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने छ ।

त्यस्तै एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट