नुवाकोट– नुवाकोटमा तिहार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बेलकोटगढी नगरपालिका इकाइद्धारा कार्तिक १५ गते लक्ष्मीपूजाको दिन सांस्कृतिक कार्यक्रम, चियापान एवम् शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
तिहार पर्वको सांस्कृतिक र परम्परागत पक्षलाई उजागर गर्दै विद्यार्थीहरूबीच एकता र सद्भाव बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी बेलकोटगढी नगरपालिकाकी अध्यक्ष मन्दिरा न्यौपानेले जानकारी दिइन् । मन्दिराका अनुसार कार्यक्रम लक्ष्मी माध्यमिक विद्यालय, बेलकोटगढीमा विहान ११ बजेबाट सुरु हुनेछ । कार्यक्रममा नगरपालिकाभित्रका विद्यार्थी, शिक्षक तथा शिक्षा प्रेमी महानुभावहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको उनले बताइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप