साफ वुमेन्स च्याम्पियनसिपः एन्फाले १० हजार मात्रै टिकट बेच्यो

  • २०८१ कार्तिक १४, बुधबार (३ हप्ता अघि)
  • ७४ पटक पढिएको
साफ वुमेन्स च्याम्पियनसिपः एन्फाले १० हजार मात्रै टिकट बेच्यो

काठमाडौं– नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्यामा टिकट बेचेको हो ।

Advertisement

दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो । एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ । त्यस्तै भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गरेको एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भएकाले भीआईपीतर्फको पास पनि बढेको एन्फाले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै २० प्रतिशत सिट खाली राखिएको छ । टिकट पाउने आशमा दर्शकहरू बिहानैदेखि लाइनमा बसेका थिए । तर लाइन बसेका सबैले टिकट भने पाएनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट