काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी व्यवसायिक फुटबल खेल्न फ्रान्स गएकी छन् । हिजो राति भएको महिला साफ च्याम्पियनसीपको फाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलले पराजित भएको थियो ।
खेल सकिएको १२ घण्टा पनि नबित्दै आज बिहानै सावित्रा टर्कीस एअरलाइन्सको जहाजबाट इस्तानबुल हुँदै फ्रान्सतर्फ प्रवेश गरेकी हुन् ।
उनलाई विदाई गर्न एन्फा र राखेपका कुनै पनि पदाधिकारी र प्रतिनिधि विमानस्थल पुगेका थिएनन् । सावित्राले फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप