साफ च्याम्पियनसिप: उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

  • २०८१ कार्तिक १५, बिहिबार (३ हप्ता अघि)
  • १०८ पटक पढिएको
साफ च्याम्पियनसिप:  उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

काठमाडौं– काठमाडौंमा बुधबार भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

Advertisement

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो ।

उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

बुधबार दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट