इंग्ल्याण्डविरूद्ध नेपालको ऐतिहासिक जित

  • २०८१ कार्तिक १६, शुक्रबार (२ हप्ता अघि)
  • ९६ पटक पढिएको
इंग्ल्याण्डविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं- हङकङ सिक्सेसमा नेपालले इंग्ल्याण्डविरूद्ध सानदार जित निकालेको छ । नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

Advertisement

इंग्ल्याण्डले दिएको ९७ रनको लक्ष्य नेपालले सहजै जित निकालेको हो । नेपालका लागि कप्तान सन्दीप जोराले अर्धशतक हाने । उनले १२ बलमा ३ चौका र ६ छक्का हाने । उनी दोस्रो ओभरको अन्तिम बलमा चोटग्रस्त भइ मैदान बाहिरिएका थिए ।

ओपनर लोकेश बम ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाउँदै नट आउट रहे । त्यस्तै रसिद खानले ५ बल खेलेर २ चौका र २ छक्का प्रहार गर्दै २१ रन बनाए ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५.५ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान रवि बोपराले ४९ रन हाने । उनले १२ बलमा १ चौका र ७ छक्का हाने ।

त्यस्तै समित पटेलले १७ बलमा ३ चौका र ३ छक्का हानेर ३९ रन बनाए । एड बर्नाडले ४ बलमा ५ रन हाने ।

बलिङतर्फ प्रतिश जिसीले २ विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले एक÷एक विकेट लिए । समित पटेल पाँचौं ओभरको पाँचौं बलमा रन आउट भएका थिए ।

नेपालले दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ मा खेल्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट