काठमाडौं– भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका हुन् ।
भक्तपुर नगरपालिकाले आज बेलुका सवा ५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते भोलि बेलुका ७ बजेर १ मिनेटपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ । त्यसैले भक्तपुर नगरपालिकाका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका मनाउन लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आज कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप