कारको ठक्करबाट ५ जना घाइते

  • २०८१ कार्तिक १६, शुक्रबार (२ हप्ता अघि)
  • ९० पटक पढिएको
कारको ठक्करबाट ५ जना घाइते

काठमाडौं– मकवानपुरको हेटौँडामा कारले दुई वटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अमकवानपुरको हेटौँडामा कारले दुई वटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत हेटौँडा ५ सानोपोखर चोकबाट बजारतर्फ जादै गरेको बा १३ च २००७ नम्बरको कारले सोहि दिशाबाट बजारतर्फ जाँदै गरेका दुई वटा स्कुटर र एकजना पैदल यात्रीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका हुन् । कारले ना ६४ प २८३६ नम्बरको स्कुटर र बागमती प्रदेश–०३–००४६ प ०२५७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

यस्तै कारले पैदल यात्री बाराको कोल्बी नगरपालिका-१ का २३ वर्षीय दिप नारायण चौधरीलाई समेत ठक्कर दिएको थियो । चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट ना६४प २८३६ नम्बरको स्कुटरका चालक हेटौँडा-५ का ३० वर्षीय नारायण तिमल्सिना र स्कुटरको पछाडी सवार अन्दाजी २७ वर्षकी अस्मिता सापकोटा घाइते भएका छन् । उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

यस्तै ठक्कर दिने कारमा सवार सर्लाही जिल्लाको गोडाइता गाउँपालिका वडा नम्बर-५ की २८ वर्षीय रन्जित कुमारी शाह र उनका तीन वर्षीय छोरा कुशल रौनियार घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट