भाइटीकाको साइत ११:३७ बजे

  • २०८१ कार्तिक १८, आईतबार (५ महिना अघि)
  • १७२ पटक पढिएको
भाइटीकाको साइत ११:३७ बजे

काठमाडौं– नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ। आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाएर मनाइन्छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

Advertisement

यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११:३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि आजैको दिन गर्नुपर्ने जनाइएको छ। यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको थियो।

मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइयो। यम दीपदान भने कात्तिक १४ गते बुधबार परेको थियो। कागतिहार पनि बुधबार नै मनाइयो। आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि बुधबार नै मनाइयो।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार नै मनाइयो। कात्तिक १६ गते शुक्रबार औँसी परेको थियो। त्यस दिन भने तिहारको कुनै पर्व परेन।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्ह:पूजा र नेपाल संवत् ११४५ प्रारम्भ भएकाले धुमधामसँग मनाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट