नेपालले आज स्कटल्यान्डसँग खेल्दै

  • २०८१ कार्तिक १९, सोमबार (२ हप्ता अघि)
  • ८३ पटक पढिएको
नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाडौं- नेपालले आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दैछ । आइसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ ।

Advertisement

चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना रहेको छ । अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए । त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिने तयारीमा रहेको श्रोतले जनाएको छ ।

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ । अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ । जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।

गत भदौ २५ गते क्यानडा गएको नेपालले त्यही भदौं ३१ र असोज ६ मा क्यानडासँग र असोज २ र ८ मा ओमानसँग खेल्यो । त्यहाँबाट एक अंक बटुलेर अमेरिका गएको नेपालले २ अंकमात्र जोडेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट